Logo

२०८३, आश्विन १०गते


images
images

थाइल्याण्डसँग भिड्दै नेपाली यू-१९ महिला टिम

थाइल्याण्डसँग भिड्दै नेपाली यू-१९ महिला टिम

images
  • थाइल्याण्डसँग भिड्दै नेपाली यू-१९ महिला टिम
    images
    images

    काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

    images
    images
    images

    नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको सामना गरेको छ।

    images
    images
    images

    नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। शनिबार भएको तेस्रो खेलमा आयोजक युएईसँग नेपाल १३ रनले पराजित भएको छ।

    images
    images
    images

    प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ। यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली यू-१९ महिला टिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।