देवदह । ओस्टील क्रिकेट कप २०८१ को आईतवार आज सम्पन्न पहिलो खेलमा वडा नं ८ ले विजयी सुरुवात गरेको छ ।
टि ट्वान्टी फर्मेटमा हुने ३ म्याचको सिरिज अन्गर्त पहिलो खेलमा वडा नं ६ लाई ३ विकेट पराजित गर्दै वडा नं ८ ले विजयी सुरुवात गरेको हो । देवदह माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ्ग रोजेको वडा नं ६ ले सबै विकेट गुमाएर ७७ रन जोड्न सफल भयो । १८ ओभर ३ बल खेलेको वडा नं. ६ का लागि अजय भण्डारीले ३४ बलको सामना गर्दै ३५ रनको ब्यक्तिगत स्कोर तयार गर्नु बाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
७८ रनको विजयी लक्ष्य सहित जवाफि ब्याटिङ्गमा उत्रिएको वडा नं ८ ले मात्र ११ ओभर ४ बल खेल्दै लक्ष्य हासिल गर्यो । वडा नं ८ को जितमा प्रकाश भण्डारीले १५ बलको सामदा गर्दै २७ रनको ब्यक्तिगत योगदान गरे । ३ ओभर बलिङ्ग गरेर वडा नं ६ को ३ विकेट हातपारेका भण्डारी प्लेयर अफ दि म्याच घोषित भएको एम्पायर पारस न्यौपानेले जानकारी दिए ।
कार्तिक २८ गते सम्म सञ्चालन हुने सिरिजमा ३ वटा खेल हुने र त्यसमा २ वटा म्याच जित्ने टिम विजेता हुने बताईएको छ । सिरिजको विजेताले ५ हजार नगद तथा ट्रफि प्राप्त गर्नेछ भने म्यान अफ दि सिरिजलाई नगद एक हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
ओष्टिल क्याफे देवदह खैरेनीको प्रायोजनमा भएको प्रतियोगिता कार्तिक २८ गतेसम्म सञ्चालन हुने र आगामी बर्ष समेत यसलाई निरन्तरता दिईने क्याफेका संचालक भानुभक्त पंगेनीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology