Logo

२०८३, आश्विन १०गते


images
images

थाइल्याण्डविरुद्ध नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी

थाइल्याण्डविरुद्ध नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी

images
  • थाइल्याण्डविरुद्ध नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी
    images
    images

    काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको थाइल्याण्डले १६ ओभरमा अलआउट हुदै ३३ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गर्दै नेपालले साना प्रविनको अर्धशतकको सहयोगमा २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

    images
    images
    images

    प्रतियोगितामा यो जितपछि नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ र अंक तालिकामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    त्यस्तै थाइल्याण्डले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ र अंकतालिकामा २ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।