Logo

२०८३, आश्विन ९गते


images
images

‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो रेकर्ड, एकै दिन कमायो ३ करोड ८९ लाख

‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो रेकर्ड, एकै दिन कमायो ३ करोड ८९ लाख

images
  • ‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो रेकर्ड, एकै दिन कमायो ३ करोड ८९ लाख
    images
    images

    काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ ।

    images
    images
    images

    प्रदर्शनको दसौँ दिन शनिबार फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको हो।

    images
    images
    images

    १० दिनमा १७ करोड ९८ लाख ग्रस कलेक्सन गरेको छ।

    images
    images
    images

    यस फिल्ममा विजय बरालसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ।

    सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुती रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।

    रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउने व्यक्तिमा आधारित यस फिल्ममा बाबुछोराको कथा छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।