देवदह । शनिबार रुपन्देहीको देवदहमा उद्योग व्यापार संघ देवदहको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले वर्तमान सरकाले जनपक्षिय काम गरेर एक बर्ष भित्र संघियताको औचित्य पुष्टि गर्ने दाबी गरेका छन ।
उनले वर्तमान सरकार हजारौँ शहिदहरुको वलिदानी र संर्घषको जगमा उभिएकाले गल्ती गर्ने छुट नरहेको र जनताले महशुस गर्ने गरी विकास निर्माण र सेवा प्रवाहा गरेर स्थानिय र प्रदेश सरकारको औचित्य पुष्टि गर्ने दाबी गरे । सरकारले प्रदेशका सबै क्षेत्रको अपनत्व हुने गरेर मन्त्रालयको नामाकरण र प्रतिनिधित्व चयन गरेको उनको जिकिर थियो ।
भ्रष्ट्रचार गर्न पल्केका प्रतिगामीहरुले ठुलो मन्त्रीमण्डल बनाउन खोज्यो भनेर हल्ला फैलाएको भन्दै मुख्यमन्त्री केसीले सरकारले कानुनको परिधिमा रहेर मन्त्रालयको संख्या निर्धाण गरेको बताए ।
तेस्तै उद्योग व्यापार संघ देवदहको अध्यक्षमा मेघराज ढकाल निर्वाचित भएका छन । शनिबार देवदहमा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट ढकाल सहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।
कार्यसमितीको सबै पदमा एक–एक जनाको मात्रै उमेद्धारी परेका कारण १७ सदस्यीय कार्यसमिती सर्वसम्मत भएको निर्वाचन अधिकृत दामोदर घिमिरेले सेतोमसीलाई जानकारी दिए ।
उनका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा अमृत बहादुर फुल्लेल क्षेत्री, वाणिज्य तर्फको उपाध्यक्षमा जीत कुमारी राना (रुपा) उद्योग तर्फको उपाध्यक्षमा टिका प्रसाद पौडे, महासचिवमा थानेश्वर लम्साल, सचिवमा प्रेम थापा र कोषाध्यक्षमा सुवाश बस्याल निर्वाचित भएका छन । संघको सदस्यहरुमा दिपक थापा, सुशिला आले, विनीराम सोमै, केशर बहादुर पुन, चन्द्रकान्त सापकोटा, कृष्ण प्रसाद अधिकारी, यम लाल तिवारी, प्रेम क्षेत्री र रमेश थापा रहेका छन ।
अधिवेशन मार्फत धन बहादुर अधिकारी लेखा संयोजकमा निर्वाचित भएको संघले जनाएको छ । लेखा समितीका बाँकी दुई सदस्य नयाँ कार्यसमितीले मनोनयन गर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology