Logo

२०८३, श्रावण ३०गते


images
images

लेबनानमा इजरायली हवाई आक्रमण : ११ जनाको मृत्यु, ११ घाइते

लेबनानमा इजरायली हवाई आक्रमण : ११ जनाको मृत्यु, ११ घाइते

images
  • लेबनानमा इजरायली हवाई आक्रमण : ११ जनाको मृत्यु, ११ घाइते
    images
    images

    काठमाडौं । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । एनएनएका अनुसार पूर्वी बालबेक–हर्मेल गभर्नोरेटको खरेबेह गाउँको एक घरमा इजरायली आक्रमणमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । 

    images
    images
    images

    नबातिह नगरपालिकाका पाँच कर्मचारी पनि नगरपालिकाको गोदामलाई लक्षित गर्ने इजरायली आक्रमणमा मारिएका थिए । इजरायली युद्धक विमान र ड्रोनले दक्षिणी र पूर्वी लेबनानका गाउँ र सहरहरूमा करिब ९० वटा छापा मारेका थिए । 

    images
    images
    images

    सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तीब्र पारेको छ । इजरायलले अक्टोबरको सुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही सुरु गरेको थियो । 

    images
    images
    images

    लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ८, २०२३ मा युद्ध सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४५२ पुगेको छ र घाइतेहरूको संख्या १४ हजार ६६४ पुगेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायली हवाई आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।