एजेन्सी । फिलिपिन्स सरकारले नेपाल लगायत १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड–१९ संक्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभए पनि खोपका कारण संक्रमण भयावह नभएको निष्कर्षसाथ फिलिपिन्सले सेप्टेम्बर ६ अर्थात आजदेखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली मुलुकमाथी लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
फिलिपिन्सले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियालाई यात्रामा लगाउदै आएको प्रतिबन्ध फुकुवा गरेको हो । अहिले फिलिपिन्स प्रवेश गर्ने अन्तर्राष्ट्रिय यात्रुले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।”
एसियाली यी सबै देशहरूबाट फिलिपिन्स प्रवेशगर्ने यात्रीहरूका लागि फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाइएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले शनिबार नै बिज्ञप्ती जारी गरेर बताइसकेका छन । फिलिपिन्सले नेपाल लगायत यी मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology