Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव

नवौं देवदह महोत्सव माघ १० देखि २२ सम्म संचालन हुने, तयारीमा जुट्यो देवदह व्यापार संघ

नवौं देवदह महोत्सव माघ १० देखि २२ सम्म संचालन हुने, तयारीमा जुट्यो देवदह व्यापार संघ

images
  • नवौं देवदह महोत्सव माघ १० देखि २२ सम्म संचालन हुने, तयारीमा जुट्यो देवदह व्यापार संघ
    images
    images

    देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक मेला, कृषि तथा पर्यटन महोत्सव माघ १० देखि २२ सम्म संचालन हुने भएको छ । घोडाहास्थित देवदह मण्डपमा हुने महोत्सव संचालन गर्न देवदह व्यापार संघ तयारीमा जुटेको छ ।

    images
    images
    images

    "औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवर्धन एवं व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार ! स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार !!" भन्ने नारासहित संचालन हुने महोत्सवको तयारी तिब्र पारिएको अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए ।

    images
    images
    images

    व्यापार संघले नवौं महोत्सव संचालनको लागि नौ सदस्यीय मूल आयोजक समिति बनाएको छ । मूल आयोजक समितिमा अध्यक्ष कोष बहादुर गुरुङसहित माधव ढकाल, पिताम्बर खरेल, हरिलाल भण्डारी, विष्णु प्रसाद अर्याल, रमेश खरेल, गीता घिमिरे पाण्डे, राम बहादुर गुरुङ र लिला बल्लब भट्टराई रहेका छन् । 
      
    त्यसैगरी महोत्सव व्यवस्थापनको लागि ३६ वटा उप समिति गठन गरिएको जनाईएको छ । महोत्सवलाई व्यवस्थित रूपमा संचालन गर्न उपसमिति निर्माण गरिएको आयोजकले जनाएको छ । हाल ३१ वटा समितिका संयोजक तोकिएको र अन्य समितिको संयोजक पछि चयन गरिने महोत्सव मिडिया संयोजक पवन पौडेलले जानकारी दिए । 

    images
    images
    images

    महोत्सव संचालनको लागि संयोजक चयन गरिएका ३१ उपसमितिहरु :

    स्टल दर्ता तथा वितरण व्यवस्थापन - संयोजक माधव ढकाल
    स्टल, प्रवेश द्वार सचिवालय, स्टेज निर्माण - संयोजक पुनाराम तिवारी 
    सचिवालय व्यवस्थापन - संयोजक हरिलाल भण्डारी 
    आर्थिक तथा गेट टिकट व्यवस्थापन - संयोजक रमेश खरेल 
    प्रचार प्रसार - संयोजक वीरबहादुर राना 
    प्रायोजक तथा विज्ञापन समिति - संयोजक चक्रपाणी तिवारी
    श्रव्य दृश्य तथा मिडिया - संयोजक पवन पौडेल
    पर्यटन प्रवर्धन एवम् तालिम तथा गोष्ठी - संयोजक इश्वरी न्यौपाने 
    कृषि तथा प्रविधि - संयोजक चक्रपाणी न्यौपाने
    सांस्कृतिक कार्यक्रम - संयोजक पिताम्बर खरेल
    महिला उद्यमी तथा उत्प्रेरक - संयोजक सविता भण्डारी 
    परिचय पत्र व्यवस्थापन तथा वितरण - संयोजक विष्णु प्रसाद अर्याल
    उपहार तथा पुरस्कार - संयोजक लिलाबल्लव भट्टराई
    विद्युत तथा खानेपानी व्यवस्थापन - संयोजक विष्णु पाण्डे
    युवा तथा स्वयंसेवक परिचालन - संयोजक गणेश क्षेत्री
    प्रमाण पत्र छपाई तथा प्रकाशन - रामबहादुर गुरुङ
    यातायात व्यवस्थापन - संयोजक केशवराज पौडेल
    खाद्यान्न व्यवस्थापन - चन्द्रकान्त न्यौपाने
    व्यानर व्यवस्थापन - संयोजक चिन्तामणी चापागाईं 
    खेलकुद तथा अतिरिक्त क्रियाकलाप - संयोजक खेमराज चापागाईं 
    मञ्च व्यवस्थापन तथा सजावट - गीता घिमिरे पाण्डे 
    विद्यालय व्यवस्थापन - संयोजक ऋषिभक्त आचार्य 
    बाल उद्यान व्यवस्थापन तथा रेखदेख - संयोजक राधा चापागाईं 
    प्राथमिक उपचार - संयोजक छविराज गिरी
    अनुगमन मूल्याङ्कन, निरीक्षण - संयोजक टिकाराम चापागाईं 
    आमा समूह तथा स्वयंसेवक परिचालन - संयोजक विष्णु भारती
    पार्किङ व्यवस्थापन - संयोजक सुमन पुन
    उद्घाटन तथा समापन कार्यक्रम - ठाकुर प्रसाद गौतम 
    टोल विकास व्यवस्थापन  - भिमलाल काफ्ले

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।