Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

बैशाख ४ गते शनिवार, शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

बैशाख ४ गते शनिवार, शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • बैशाख ४ गते शनिवार, शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख ४ गते शनिवार । तदनुसार १७ अप्रिल २०२१ । श्री शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ ।  खानामा सचेत रहनु पर्ने दिन छ ।

    images
    images
    images

    वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला ।  राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ ।  काममा अरुको समर्थन पाइने छ ।

    images
    images
    images

    मिथुन– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ ।

    कर्कट– स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । ।   व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ ।

    सिंह– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।  समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला ।  खानपिनमा सजक रहनु होला ।

    कन्या– अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।  विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ ।  काममा कठिनाइ सहनु पर्नेछ ।

    तुला– व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ ।   आय सन्तोष जनक रहनेछ ।

    वृश्चिक– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ ।  कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन ।

    धनु– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला ।  हातहतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।

    मकर– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।  परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।

    कुम्भ– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला ।  आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ ।  नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ ।

    मीन– नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन ।   दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

    । ॐ हरिशरणम् ।
    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।