Logo

२०८३, आश्विन १०गते


images
images

आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने

आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने

पार्किङदेखि सुटिङसम्म शुल्क निर्धारण
images
  • आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
    images
    images

    काठमाडौं । काठमाडौंको सुनधारमा रहेको धरहरा व्यावसायिक रूपमा खुला भएको छ । गत असोज ३ गतेदेखि शनिबारसम्म निःशुल्क रहेको धरहरा चढ्न आजदेखि भने शुल्क लाग्ने भएको हो ।

    images
    images
    images

    यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

    images
    images
    images

    धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् 

    images
    images
    images

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धरहरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।