Logo

२०८३, आश्विन १०गते


images
images

धरहरा 'उद्घाटन'को १ वर्ष : ओली उहिल्यै चढे, सर्वसाधारण चढ्न कहिले पाउने ?

धरहरा 'उद्घाटन'को १ वर्ष : ओली उहिल्यै चढे, सर्वसाधारण चढ्न कहिले पाउने ?

images
  • सेतोमसी सहकर्मी
  • धरहरा 'उद्घाटन'को १ वर्ष : ओली उहिल्यै चढे, सर्वसाधारण चढ्न कहिले पाउने ?
    तस्वीर स्रोत: राष्ट्रिय पुनः निर्माण प्राधिकरण
    images
    images

    सुस्मन विश्वकर्मा, काठमाडौं । धरहरा नेपालको एक महत्वपूर्ण चिनारी थियो । जसलाई भिमसेन स्तम्भ पनि भन्ने गरिन्छ । राष्ट्रियदेखि अन्तराष्ट्रिय क्षेत्रमा धरहरा चिरपरिचित थियो । चर्चा यसकारण थियो कि नेपालीले माटाेबाट नौ तल्लाको स्तम्भ आकारको भवन बनाउन सक्छन् जसलाई हामीले धरहरा भनी चिन्ने गर्छौ  । 

    images
    images
    images

    तर २०७२ सालको महाभुकम्पले धरहरा भत्कायो र हाम्रो एउटा महत्वपूर्ण  पहिचानलाई पनि छेदबिछेद पार्यो । भुकम्प पश्चात् कंकृतबाटै भएपनि धरहराको पुनः निर्माण थालनी  भयो । फलस्वरूप तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिद्वारा वि.सं. २०७८ वैशाख ११ गते पुनःनिर्मित २२ तल्ले धरहराको उद्घाटन भयो । कुल ३ अर्व ४८ करोड लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको पुनःनिर्माण 'सम्पन्न' गरि उद्घाटन त गर्यो तर आमनागरिकले उद्घाटन भएको १ बर्ष बितिसक्दा पनि चढ्न पाईरहेका छैनन् ।

    images
    images
    images

    तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिको सरकार ढल्नु केही समय अगाडी धरहराको उद्घाटन भएको थियो । ओलिको सरकार पश्चातको देउवा सरकारले पनि १ बर्ष पूरा गर्‍यो तर आम नागरिक र पर्यटक धरहरा चढ्न पाईरहेका छैन । 

    images
    images
    images

    राजनीतिक नेतृत्वलाई पुनःनिर्माण सम्पन्न नहुदै उद्घाटनको चटारो हुने र यति लामो समय बित्दा पनि आम नागरिक र पर्यटक धरहरा चढ्न नपाउनु लज्जाको विषय हो । यसो त नेपालमा हुने गरेका हरेक बिकास निर्माणका काममा ढिलासुस्ती हुनु कुनै नौलो विषय होईन ।

    धरहरा वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए ।  महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप धरहराको निर्माण भएको थियो । भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो । तसर्थ धरहरा  हाम्रालागि धरहरा  वा भ्युटावरको रुपमा मात्र सिमित रहदैन । धरहराले त नेपालको ईतिहास बोलेको छ । संसारका प्रायः देशमा ईतिहाससंग जोडिएका सम्पदालाई निकै प्राथमिकतामा राख्ने गर्दछ । तर बिडम्बना नेपाली माटोको ईतिहास बोकेको धरहरा मै सरकारको गहन चिन्तन छैन । 

    धरहरा २०७२ सालको भुकम्पमा भत्किएको थियो । अहिले २०७९ सालमा पनि धरहरा बन्न सकेको छैन । देशको चिनारी र ईतिहास बोकेको धरहराको सात सात बर्षसम्म पनि पुनःनिर्माण सम्पन्न हुन सक्नु हास्यास्पद छ र यसले सरकारलाई नै व्यङ्ग्य गरिरहेको छ कि किन यस्तो ढिलासुस्ती किन ?  यद्यपि जनताका प्रतिनिधिलाई यश विषयमा त्यति धेरै चासो छैन् ।

    दुईवटा लिफ्टसंगै एउटा परम्परागत भर्‍याङ,  बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, लगायत निर्माण गरि अत्याधुनिक र सुविधासम्पन्न धरहरा बनाउने योजना बनाईएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम अघि बढे दुई वर्षको निर्धारित समयमै काम सक्नेमा दावी गरेको थियो । तर ३ बर्ष नागी सक्दापनि धरहरा निर्माण सम्पन्न हुन सकिरहेको छैन् । 

    धरहरा हाम्रो ईतिहास हो, हाम्रो चिनारी हो । यसको निमार्ण कार्य जतिसक्दो चाडाे सम्पन्न गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण हुन अत्यन्त आवश्यक छ । यथाशिघ्र धरहरा पुनःनिर्माण सम्पन्न गरे सरकार र सम्बन्धित निकाय आलोचनाको पात्र बन्नु पर्दैन थियो कि ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धरहरा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।