Logo

२०८३, आश्विन ९गते


images
images

१५ अंकले बढ्यो नेप्से, कारोबार कति ?

१५ अंकले बढ्यो नेप्से, कारोबार कति ?

images
  • १५ अंकले बढ्यो नेप्से, कारोबार कति ?
    images
    images

    काठमाडौं ।  सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.८३ अंकले बढेको छ । आज नेप्से ०.५९ प्रतिशतले बढेर २६८३.२४ विन्दुमा पुगेको हो । ६ अर्ब ३४ करोड ५८ प लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । 

    images
    images
    images

    १६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images
    images

    २ वटा समूह घटेको छ भने बाँकि ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशतले घटेर ६ हजार ७७१.३४ विन्दुमा पुगेको छ भने म्युचुअल फण्ड ०.३२ प्रतिशतले घटेर २१.८१ विन्दुमा पुगेको छ । 

    images
    images
    images

    यस्तै सबैभन्दा बढी फाइनान्स समूह २.२७ प्रतिशतले बढेर ३ हजार ६३६.९१ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक १.२१ प्रतिशतले, होटल तथा पर्यटन १.२१ प्रतिशतले, हाइड्रोपावर ०.४४ प्रतिशतले, लगानी १.०५ प्रतिशतले, जीवन बीमा ०.२३ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले, निर्जीवन बीमा १.२७ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह ०.०९ प्रतिशतले बढेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।