Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन-१४

आइपीएल क्रीकेटमा चेन्नेईकाे पहिलाे जित, पञ्जाव ६ विकेटले पराजित

आइपीएल क्रीकेटमा चेन्नेईकाे पहिलाे जित, पञ्जाव ६ विकेटले पराजित

images
  • आइपीएल क्रीकेटमा चेन्नेईकाे पहिलाे जित, पञ्जाव ६ विकेटले पराजित
    images
    images

    ०४ बैशाख, एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) चेन्नेई सुपर किंग्सले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नेईले पञ्जाव किंग्सलाई ६ विकेटले हरायो । जारी प्रतियोगितामा पञ्जावले पहिलो हार ब्यहोरेको छ ।FB_IMG_1618613948407.jpg

    images
    images
    images

    जितका लागि १ सय ७ रनको सामान्य लक्ष्य पाएको चेन्नईले १५.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
    वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

    images
    images
    images

    चेन्नईका फाफ डु प्लेसिस ३३ बलमा ३ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । मोईन अली ३१ बलमा ७ चौका र १ छक्का सहित ४६ रनको योगदान दिए । रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए । साम करन ५ रनमा अविजित रहे । पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १-१ विकेट लिए ।FB_IMG_1618613928895.jpg

    images
    images
    images

    उता पन्जाबका शाहरुख खानले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । झेय रिचर्डसनले २२ बलमा २ चौका सहित १५ रन बनाए । एक समय २६–५ को कमजोर अवस्थामा पुगेको पन्जाबलाई छैटौं विकेटका लागि महत्वपूर्ण ३१ रनको साझेदारी गरेका थिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोडे ।

    आइतबार पन्जाबले दिल्लीसँग खेल्ने छ । चेन्नई पहिलो खेलमा दिल्लीसँग ७ विकेटले पराजित भएको थियो । चेन्नईले आफ्नो तेस्रो खेल सोमबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • # क्रीकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।