Logo

२०८३, आश्विन ९गते


images
images

डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित

डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित

images
  • डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित
    images
    images

    लण्डन । डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै बोरुसिया डर्टमन्डले युरोपेली च्याम्पियन्स लिगको राउण्ड अफ १६ प्रवेशको सम्भावना बलियो बनाएको छ।

    images
    images
    images

    डर्टमन्डले पहिलो चरण सुपर एटमा रहँदै सिधै राउन्ड अफ १६ मा प्रवेशको सम्भावना बलियो बनाएको हो। पाँच चरणको समाप्तिमा डर्टमन्ड १२ अंकसहित चौथो स्थानमा छ।

    images
    images
    images

    गएराति भएको खेलमा डर्टमन्डले ४१ औं मिनेटमा जेमी गिटेनको गोलमा अग्रता लिएको थियो। २० वर्षीय इङ्लिस खेलाडी गिटेनले टप कर्नरमा आकर्षक प्रहार गर्दै गोल गरेका थिए। यो सिजनको च्याम्पियन्स लिगका पाँच खेलमा उनको यो चौथो गोल हो।

    images
    images
    images

    ५६ औँ मिनेटमा रेमी बान्सेबैनीको हेड गोलमा डर्टमन्डले अग्रता फराकिलो बनाएको थियो। खेलको अन्त्यमा सचेए गुरेसीले थप एक गोल गरेका हुन्। रेड स्टार बेलग्रेडले भने पहिलो जित हात पारेको छ। बेलग्रेडले घरेलु भूमिमा भएको खेलमा जर्मन क्लब स्टुगार्टलाई ५-१ ले हराएको हो।

    घरेलु भूमिमा बेनफिकासँग ३-२ ले पराजित भए पनि बेनफिकालाई भने ठुलो धक्का लागेको छ। मोनाको १० अङ्क सहित तालिकाको आठौँ स्थानमा छ भने बेनफिकाको ९ अङ्क छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।