Logo

२०८३, कार्तिक २८गते


images
images

हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

images
  • हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने
    images

    पोखरा । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने भएको छ ।

    images
    images
    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले डिसेम्बर भित्रै पोखरालाई ल्हासासँग जोड्ने गरी उडान गर्न लागेको हो ।

    images
    images
    images

    ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्नेगरी हिमालयले प्राधिकरणबाट अनुमति मागेको छ । ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुनेछ ।

    images
    images

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आएपनि चार्टर उडान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

    हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ । सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ ।

    मंगलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ । यसैगरी हिमालयले बुधबार र शुक्रबार भने काठमाडौं–ल्हासा–काठमाडौं उडानका लागि अनुमति मागेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमालय एयरलाइन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।