Logo

२०८३, आश्विन ९गते


images
images

“फ्याट्ट पोइल” ठट्यौली रत्यौली गीतको भिडियो सार्वजनिक

“फ्याट्ट पोइल” ठट्यौली रत्यौली गीतको भिडियो सार्वजनिक

images
  • “फ्याट्ट पोइल” ठट्यौली रत्यौली गीतको भिडियो सार्वजनिक
    images
    images

    सुरेश भट्ट आश्रिन, काठमाडौं । गत शुक्रवार बिहान तिलु शर्मा पौडेलले बाबा इन्टरटेन्मेन्ट  टिभी मार्फत  फ्याट्ट पोइल रत्यौली गीत बजारमा ल्याएका छन् । लोक संगीतलाई ज्याद्रै माया गर्ने पौडेलका  “मदानिमा नेति,पर्वते माया” जस्ता अन्य चर्चित झरो  गीतहरु बजारमा छन् । 

    images
    images
    images

    आजभोलि परम्परागत रत्यौलीहरु लोपोन्मुख अबस्थामा छन् । रत्यौलीमा परम्परागत शैलीमा लाहुरे र जोगी बनेर गरिने नृत्य घरभित्रको कथा गीत मार्फत गुन्जिने गर्दछन्  ।  शर्मा भन्छन् आमा छोराको सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका  रत्यौलीलाई जोगाइराख्नु पनि लोक संगीतमा लागेकाहरुको धर्म हो ।

    images
    images
    images

      जवान भएकी  छोरीलाई माइती पक्षसंग केही कुरामा चित्त नबुझेपछि पोइला गइदिन्छु नि ! भन्ने भाव नै गीतको सार रहेको छ । छोरीहरुको जीवनका दैनिकी समेटिएका यथार्थपरक रत्यौली गीतहरू आजकल सुनिँदैनन्।

    images
    images
    images

    छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काइ–मर्काइ नाच्ने विगतको  मौलिक स्वाद र शैलीका रत्यौली अहिले हराइरहेको बखत शर्माको रत्यौलीले गाउँ सम्झनलाइ प्रेरित गरेको छ ।  

    पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटि र पौडेलको स्वरमा “फ्याट्ट पोइल” गीतको सङ्गीत संयोजन याम थापा मगरले गरेकाछन् भने  स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहलि र सम्झना थापा छेत्रीले कम्मर मर्काएको भिडियोमा गायिका डल्लाकोटि  दुलही र लोक तथा दोहोरी गायक शक्ति कुमार गोदारले दुलाहाका भूमिकामा अभिनय गरेका छन् l

    भिडियो सहित 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुरेश भट्ट आश्रिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।