Logo

२०८३, आश्विन ९गते


images
images

भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, २०० घाइते

भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, २०० घाइते

images
  • भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, २०० घाइते
    images
    images

    काठमाडौं । भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । उद्धार कार्य जारी छ । 

    images
    images
    images

    ७.३ म्याग्निच्युडको उक्त भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

    images
    images
    images

    शक्तिशाली भूकम्पको धक्काले भवनहरू ध्वस्त भएका छन् । सात दिनका निम्ति ‘आपत्कालीन अवस्था’ लागु गरिएको भानुआटु प्रहरीले जनाएको छ । मानिसको आवतजावतलाई सीमित गर्न यस्तो गरिएको हो ।

    images
    images
    images

    भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    भानुआटु दक्षिण प्रशान्त क्षेत्रमा ८० साना टापुको एक देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा अवस्थित छ ।

    यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । यहाँ भूकम्प र अरू प्राकृतिक प्रकोप ठूलो संख्यामा निम्तने गर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भानुआटुमा भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।