बुटवल । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुले सडक शिलान्यास गर्दा अरू छक्क परेकाे बताएका छन । बुधबार नेकपा एमालेकाे रूपन्देहीकाे बृहत कार्यकर्ता भेलालाई बुटवलमा सम्बाेधन गर्दै आफुले २१० वटा सडक शिलान्यास गर्दा दुनियाँ तिरिमिरि परेकाे बताएका हुन ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले वर्तमान सरकारकाे विकास गर्ने क्षमता नभएका कारण आफुले शिलान्यास गरेकाे सडक याेजना खारेज गरेकाे आराेप लगाए ।
बुधबार नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले एमाले फेरि सरकारमा फर्कने दाबी गर्दै गरे । उनले वर्तमान सरकार जनमतबाट नभई परमादेशबाट बनेकाे आराेप लगाउँदै जनमत लिएर फेरि सरकारमा जाने दाबी गरे । उनले एमालेले कहाँ विकास गर्याे भनेर कसैले साेधे ओैलाले देखाउँदै उ त्यहाँ विकास गर्याे भनेर देखाउन आग्रह गरे । उनले एमाले सरकारले विकासै विकास गरेकाे दाबी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology