Logo

२०८३, आश्विन ९गते


images
images

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज

images
  • त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज
    images
    images

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

    images
    images
    images

    समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ ।

    images
    images
    images

    उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए।

    images
    images
    images

    स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् । “गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेका छौँ”, उनले भने, “यसपटक गत वर्षभन्दा दुई हजार बढी विद्यार्थी दीक्षित हुँदैछन् ।”

    परीक्षा नियन्त्रक जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्नेगरी तयारी गरिएको बताए। समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने उनले जानकारी दिए।

    दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा रामप्रसाद यादव रहनेछन्। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।