Logo

२०८३, आश्विन ९गते


images
images

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

images
  • दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना
    images
    images

    साेल। दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ।

    images
    images
    images

    कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो बिमान दुर्घटना हुदाँ कम्तीमा २८ जनाको मृत्यु भएको छ। विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो।

    images
    images
    images

    समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

    images
    images
    images

    योनहापका अनुसार उद्धार अभियान जारी रहँदा एक व्यक्ति जीवितै फेला परेको छ। उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप बिवरण आउन बाँकी रहेको जनाएको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।