Logo

२०८३, आश्विन ११गते


images
images

रवि लक्षित धनराजको धारणा : एक दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सुशासन आउने हो ?

रवि लक्षित धनराजको धारणा : एक दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सुशासन आउने हो ?

images
  • रवि लक्षित धनराजको धारणा : एक दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सुशासन आउने हो ?
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दा असन्तुष्ट देखिएका छन् ।

    images
    images
    images

    गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताए ।

    images
    images
    images

    महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा कांग्रेसकोे क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानविन एक/दुई नभई सबै नेताको हुनुपर्ने बताए । एक/दुई जना नेताको मात्रै सम्पत्ति छानबिन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो ।

    images
    images
    images

    ‘एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानबिन हुनुपर्छ,’ गुरुङले भने, ‘नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्छ ।’

    उपसभापति गुरुङले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘सरकार मन्त्री र प्रधानमन्त्री मात्रै परिवर्तन गरेर केही हुँदैन । भएको मन्त्रीमण्डललाई सबैले सफल कार्यमा लगाउन सहयोग गरौं,’ गुरुङले भने ।

    मन्त्री बन्न नपाएकाहरूले रिस पोख्न सरकार ढल्ने हल्ला चलाएको उनको आरोप थियो । कांग्रेसमा एक नेताले अर्को नेतालाई सार्वजनिक रुपमा गाली गर्दा नागरिकमा नैरश्यता पैदा हुने उनले धारणा राखे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनराज गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।