Logo

२०८३, आश्विन ११गते


images
images

धनराज गुरुङ भन्छन् : पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ

धनराज गुरुङ भन्छन् : पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ

images
  • धनराज गुरुङ भन्छन् : पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले पार्टी छोड्नु ठुलो भूल हुने बताएका छन् ।

    images
    images
    images

    पार्टीभित्र एकता कायम गर्न आग्रह गर्दै अहिलेको अवस्थामा पार्टी छोड्नु ठुलो भूल हुने बताएका हुन् ।  उनले भनेका छन् 'हामीले यही पार्टीमा रहेर रगत बगायौं, कठिनतम् जीवन बितायौं। आफ्नै रगत र पसिनाले सिंचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ। तसर्थ यस्तो भूल नगर्न र पार्टीमै रहेर पार्टी प्रति थप योगदान पु-याउनका लागी हार्दिक अनुरोध गर्दछु ।'

    images
    images
    images

    उनले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको अवस्थामा त्यसलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक अभ्यास भएको बताएका छन् ।

    images
    images
    images

    गुरुङले हालै पूर्व केन्द्रीय नेताहरूबीच छलफल गरेर अदालतको फैसला मान्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् । 

    गुरुङले विशेष महाधिवेशनबाट निर्वाचित सभापति तथा पदाधिकारीलाई बधाई दिँदै सबैलाई एकताबद्ध भएर पार्टीको हितमा लाग्न आह्वान गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनराज गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।