Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

बैशाख ५ गते आइतवार, सूर्यदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

बैशाख ५ गते आइतवार, सूर्यदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • बैशाख ५ गते आइतवार, सूर्यदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख ५ गते आइतवार । तदनुसार १८ अप्रिल २०२१ । श्री सूर्यको दर्शन गरि आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष– विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।  नया काम पाउने योग छ ।  पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नया कामको अवसर पनि मिल्ला, अँँन्नको लाभ पनि हुने दिन छ । 

    images
    images
    images

    वृष– भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बड्नाले सुख बड्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । 

    images
    images
    images

    मिथुन– गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला ।  नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।

    कर्कट– बाध्यतापूर्ण काममै समय बित्न सक्छ, ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन । रोेगले साताउला, सोच्दै नसोचेको ठाउमा रुपैयापैसाको खर्च होला  । 

    सिंह– विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ ।

    कन्या– आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ  ।  परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ  अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ  । पठन–पाठनमा पनि प्रगति हुनेछ । धनलाभ पनि होला ।

    तुला– भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ मन प्रफुल्ल रहला ।   प्रयास गर्दा  प्रेममा सफलता पाउने र बैवाहिक बन्धन  पा्रप्तीको योग छ, टाढाको यात्रा पनि होला  । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । 

    वृश्चिक– ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला ।  गलत विचार बढने, समयमा निर्णय नहुदा  काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ कसैसंग सामान्य बादविवाद पर्ने देखिन्छ ।

    धनु– नया काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ  । व्यापारमा सफलताले  मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ  । मान सम्मान मिल्नेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।

    मकर– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ ।  ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन ।  धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ । 

    कुम्भ– व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविधलाभ पनि होला । सहयोग र नयाँमित्रको आगमनले  अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला ।  सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । 

    मीन– उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दैनसोचेको ठाउमा पैसा जाने दिन छ ।

    । ॐ हरिशरणम् ।

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।