Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन-१४

आइपीएल क्रीकेटमा मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

आइपीएल क्रीकेटमा मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

images
  • आइपीएल क्रीकेटमा मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार
    images
    images

    ०५ बैसाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपीएल)मा शनिबार भएको खेलमा साबिक बिजेता मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो । १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा अलआउट हुँदै १३७ रनमा समेटियो ।FB_IMG_1618707374834.jpg 

    images
    images
    images

    हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे । 
    विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
    हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए ।FB_IMG_1618707306165.jpg

    images
    images
    images

    मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक ४० रन बनाउँदा काइरोन पालार्डले ३५ रन जोडे। त्यस्तै, रोहित शर्माले ३२ रन बनाए। बलिङतर्फ हैदरावादका मुजीब रहमान र विजय शंकरले २/२ विकेट लिए भने खलील अहमेदले १ विकेट लिए ।FB_IMG_1618707360521.jpg

    हैदरावादको यो लगातार तेस्रो हार हो । उसले अहिले सम्म एक अंक जोड्न सकेको छैन । तीनमध्ये दुई खेलमा जित निकाल्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।