Logo

२०८३, श्रावण ३०गते


images
images

संसारको उत्कृष्ट गन्तव्यको ९औं स्थानमा लुम्बिनी

संसारको उत्कृष्ट गन्तव्यको ९औं स्थानमा लुम्बिनी

images
  • संसारको उत्कृष्ट गन्तव्यको ९औं स्थानमा लुम्बिनी
    images
    images

    बुटवल । संसारका घुम्नै पर्ने १० उत्कृष्ट गन्तव्यभित्र बुद्धजन्मस्थल लुम्बिनी पर्न सफल भएको छ । विश्वमै चर्चित खबर पत्रिका द न्यूयोर्क टाइम्सले लुम्बिनीलाई शिर्ष १० औं गन्तव्यको सूचीमा राखेको हो । 

    images
    images
    images

    पत्रिकाले सन् २०२५ का ५२ गन्तव्यमध्ये लुम्बिनीलाई नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यो सूचीले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। लुम्बिनी बिकास कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए। यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ।

    images
    images
    images

    लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ।  धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले विश्वास गरेका छन्। 

    images
    images
    images

    लुम्बिनीलाई द न्यू योर्क टाइम्सको २०२५ को यात्रा गन्तव्य सूचीमा यसको ऐतिहासिक र आध्यात्मिक महत्त्वका कारण विशेष स्थानको रूपमा वर्णन गरिएको छ। यसलाई बुद्धको जन्मस्थल भएको रुपमा पनि उल्लेख गरिएको छ। लुम्बिनी विश्वको सबैभन्दा महत्त्वपूर्ण पवित्र स्थलहरू मध्ये एक हो, जहाँ बौद्ध र ऐतिहासिक महत्त्वका धेरै स्मारकहरू छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।