Logo

२०८३, कार्तिक २५गते


images
images

सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

images
  • सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    images
    images
    images

    सरकारविरुद्ध विपक्षी सात दल आक्रामक हुँदै गएको अवस्थामा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् दाहालले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त ओलीको राजीनामा माग गरेका हुन् ।

    images
    images
    images

    ‘जुन उद्देश्यले यो गठबन्धन बनाएको भनियो, त्यो कुनै काम गरेको छैन, बरू संविधान संसोधन २०८७ मा गर्ने भनेर प्रधानमन्त्रीले भनेपछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ प्रचण्डले भने, ‘तसर्थ, यो सरकारले नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको होइन ।’

    images
    images

    पत्रकार सम्मेलन गरेर संघीय संसदभित्रका सात विपक्षी दलले ओली सरकारले भ्रष्टचारलाई बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोप पनि लगाएका छन् ।

    आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।