Logo

२०८३, आश्विन ११गते


images
images

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

images
  • बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण
    images
    images

    बुटवल । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । उद्योगी व्यवसायीका लागि जर्मन सहयोग र युरोयियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उर्जा दक्षता कार्यक्रम अन्तरगत बुटवल उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो । यसमा आर्थिक सहयोग व्यवस्थापनको कार्यान्वयन राष्ट्रिय बाणिज्य बैंक र प्राविधिक पक्षको काम जि.आई.जेड.ले गर्दै आएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग प्रतिष्ठानमा उर्जा दक्षता मापनले त्यसको सुधारमा सघाउ पु¥याउने बताए । उनले उद्योग प्रतिष्ठानको स्वास्थ्य जाँच पनि भएकाले उर्जा खपत गर्ने मात्रै नभई उत्पादन लागत घटाउन र प्रतिस्पर्धी बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे  ।

    images
    images
    images

    त्यस अवसरमा जि.आई.जेड. उर्जा दक्षता कार्यक्रमका कम्पोनेन्ट म्यानेजर डा. सञ्जयप्रसाद गोरखालीले यो कार्यक्रमको बारेमा जानकारी गराउँदै उर्जा दक्षता कार्यक्रम मानव शरीरमा जस्तै उद्योगको होलवडी चेकअप भएको बताए । उनले उद्योग प्रतिष्ठानमा गरिने उर्जा खपतको मापनले एउटा उर्जा खपतमा सहयोग गर्ने छ भने अर्काेतर्फ उत्पादन लागत घटाउन पनि सहयोग गर्ने भनाई राखे । 
    जि.आई.जेड.का इनर्जी एड्भाईजर सुदन कायस्थले उद्योगमा उर्जा दक्षता सम्बन्धिमा प्रकाश पारेका थिए भने राजिव मंगल जोशीले अनुदान कार्यक्रम सम्बन्धमा जानकारी गराएका थिए ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अभिमुखिकरण कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।