राहुल देव सापकोटा, देवदह। लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा लियो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवदह ५ खैरेनी स्थित पाठक फुड ल्याण्ड एण्ड ईभेन्ट भेनुको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लियो क्लब अफ लर्ड बुद्ध र लियो क्लब अफ सिमसारका सदस्य प्रशिक्षार्थीको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष राजु पौडेलले लियोमा आबद्ध भएका नयाँ सदस्यहरुलाई क्लबका उदेश्य, काम गर्न हुने र नहुने काम सम्बन्धी र सदस्यहरुका काम,कर्तब्यको बारेमा प्रशिक्षण दिएका थिए।
कार्यक्रम लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष राहुल देव सापकोटाको अध्यक्षता, लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्ष कमल देवकोटाको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक रुबिना सुनारको स्वागत र सचिव अनिस पोखरेलको सञ्चालनमा भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology