Logo

२०८३, श्रावण २७गते


images
images

एमसिसी राम्रो रहेछ भन्ने जनताले अहिले बुझे : देउवा

एमसिसी राम्रो रहेछ भन्ने जनताले अहिले बुझे : देउवा

images
  • एमसिसी राम्रो रहेछ भन्ने जनताले अहिले बुझे : देउवा
    फाइल फोटो
    images
    images

    काठमाडौँ । काग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन्।

    images
    images
    images

    बुधवार कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा देउवाले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको उल्लेख गरे।

    images
    images
    images

    उनले पास गराउने बेलामा धेरै ठूलो बिरोध भए पनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताए।

    images
    images
    images

    देउवाले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताउनु भयो ।

    ‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो । सरकारले उद्योगपति र व्यापारी बन्नेकुरा पनि छैन । हाम्रो देश भारत र चीनको बीचमा छ । त्यसको असर पनि हामीलाई पर्दछ । प्रभावहरु हाम्रोमा पर्दछन् । एक पटक एमसीसी पास गर्ने बेलामा, एमसिसी सही छाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो, देउवाले अगाडि भने,

    ‘पाल्र्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो की त्यो साँच्चिकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर । यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ।’

    सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताउनु धारणा राखे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।