Logo

२०८३, आश्विन ११गते


images
images

प्रजातान्त्रिक प्रणालीको विकल्प छैन : नेता महर

प्रजातान्त्रिक प्रणालीको विकल्प छैन : नेता महर

images
  • प्रजातान्त्रिक प्रणालीको विकल्प छैन : नेता महर
    images
    images

    कमला अर्याल, देवदह । देशमा प्रजातान्त्रिक प्रणालीको विकल्प नभएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल विद्यार्थी  संघका पूर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरले बताएका छन् । उनले देशको आर्थिक अवस्था संकटमा पर्दै गएको देशकोले समग्र विकासको लागि युवाहरु उद्यमशिलतामा लाग्नु पर्ने बताए । 

    images
    images
    images

    देवदह जेसीजको १०औं पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् । उनले राजनैतिक पार्टीमा जस्तै जेसीजमा पनि आरोप र लान्छाना लाउने खालका काम बढ्दै गएको भन्दै जेसीजलाई त्यसबाट टाढा राख्नुपर्ने उल्लेख गरे । नेता र युवाहरुमा ईमान्दारीता  आवश्यक रहेको उल्लेख गर्दै उनले सकरात्मक तरिकाले नेतृत्व गर्न सबैलाई आग्रह गरे ।

    images
    images
    images

    त्यस्तै अर्का नेता नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले युवाहरु व्यक्तित्व र नेतृत्व विकास संगसंगै उद्यमशिलतामा  जोडिन आवश्यक रहेको बताए । जेसीजले युवालाई सहि मार्गमा लैजान सहयोग गर्ने उल्लेख गर्दै उनले  जेसीजको माध्यमबाट समाज र देशको विकासमा लाग्न युवालाई आग्रह गरे । 

    images
    images
    images

    यसैगरी नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठले जेसीज व्यक्तित्व र नेतृत्व तयार गर्न लाग्ने एउटा यात्रा भएको बताए । 

    पदहस्तारण कार्यक्रममको पहिलो सेसन देवदह जेसीज बर्ष २०२४ का अध्यक्ष आनन्द पराजुली र दोश्रो सेसन २०२५ का अध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

    कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा देवदह जेसीजका मानार्थ सदस्य हिराबहादुर खत्री, मानार्थ सदस्य तथा देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, बुटवल जेसीजका अध्यक्ष मोहन न्यौपाने लगायतले बोलेका थिए । 

    कार्यकारिणी उपाध्यक्ष कमला अर्यालको स्वागत र पूर्व अध्यक्ष सुरेन्द्र अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    बर्ष २०२४ का अध्यक्ष आनन्द पराजुलीले २०२५ का अध्यक्ष दिपक अधिकारीलाई पदहस्तान्तरण गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नैनसिंह महर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।