Logo

२०८३, आश्विन ११गते


images
images

मतदाता एमालेसंग 'बदला' लिन तयार भएर बसेका छन्: महर

मतदाता एमालेसंग 'बदला' लिन तयार भएर बसेका छन्: महर

images
  • मतदाता एमालेसंग 'बदला' लिन तयार भएर बसेका छन्: महर
    images
    images

    राजेश पराजुली, पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनता नेकपा एमालेसंग ‘बदला’ लिन तयार भएर बसेको बताएका छन् । सत्ता गठबन्धन प्रचारप्रचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महरले जनता भोट हाल्न आतुर रहेको बताए ।

    images
    images
    images

    जनता हिजको शासनलाई फेरी एक पटक झल्झल्ती स्मरण गरेर भोट हाल्न यादगार भएर बसेका छन्, यस पटक नेकपा एमालेले हिजो जनतालाई पारेको विचल्लीका सवालमा जनता बदला लिन तयार छन्, महरले भने । फेरी त्यसको पुनराबृत्ती नहुनका लागि गठबन्धन भएको महरले बताए ।

    images
    images
    images

    गठबन्धनको उदेश्यलाई कायम गर्नु पर्ने सबैको धर्म हो, बिपी कोइरालाले हिजो राष्ट्रको अस्मिता जोगाउन राजासंग मेरो घाटी जोडिएको भन्नुभयो, आज फेरी एकपटक अर्को बेला आएको छ, नेताहरुले कम्तिमा पाँच वर्षको सरकार चलाउनको लागि गठबन्धनको आवश्यक छ । कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी, जनमोर्चा लगायतका गठबन्धनमा संलग्न दलको घाटी जोडिएको महरले बताए । देशको प्रजातन्त्रीक प्रणाली अवरुद्ध नहोस्, संविधान फेरी नखल्बलियोस् र समृद्धिमा जाने बाटो फेरी अवरुद्ध नहोस् भन्ने एउटै चासोर चिन्ता हो ।

    images
    images
    images

    हिजा भएका गल्तीलाई पुनः दोहोरीन नदिने गरी गठबन्धन अगाडी बढेको उनले बताए ।
    गठबन्धन अहिले एउटै पार्टी जस्तो बनेको छ महरले बताए । चुनावका लागि गठबन्धन सबैसंग जोडिएका छौँ, कांगेसको हारमा माओवादीको पनि हार छ, माओवादीको हारमा नेकपा एसको पनि हार छ । नेकपा एसको हारमा जनमोर्चाको पनि हार छ, जनमोर्चाको जितमा कांग्रेसको पनि जित छ, तसर्थ जित र हार हामी सबैको संयुक्त अवधारण बनेकाले यस विषयमा सबै चिन्तीत भएर लाग्नुपर्ने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।