Logo

२०८३, आश्विन ११गते


images
images

पुर्वमुख्य सचिव पौडेल माओवादीमा खुलेसंगै गुल्मीमा माओवादीको पल्ला भारी !

पुर्वमुख्य सचिव पौडेल माओवादीमा खुलेसंगै गुल्मीमा माओवादीको पल्ला भारी !

images
  • सेतोमसी सहकर्मी
  • पुर्वमुख्य सचिव पौडेल माओवादीमा खुलेसंगै गुल्मीमा माओवादीको पल्ला भारी !
    images
    images

    कृष्ण अन्जान, गुल्मी । नेपालका लागि चीनका राजदुत समेत रहिसकेका नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणि पौडेल यतिवेला खुलेरै माओवादी केन्द्रका गतिविधिमा सकृय भएका छन्  ।

    images
    images
    images


    मुख्यतया पार्टीका भेला, बैठकहरुमा नेकपा माओवादी केन्द्रका राजनैतिक एजेन्डाहरुका बारेमा पाैडेलले कार्यकर्ताहरुलाई जानकारी गराउन थालेसंगै गुल्मी जिल्लाको समग्र राजनिती नै तरँगित बनेकाे छ । राजनैतिक विश्लेषकहरू पौडेलको सक्रियताले गुल्मी जिल्लामै माओवादीको पल्ला भारी हुने आंकलन गरेका छन् ।

    images
    images
    images


    यतिबेला नेकपा माओवादि केन्द्र रुरुक्षेत्र गाउँपालिका लगायतका स्थानीय तहका  वडाहरुमा सँगठन विस्तार अभियानमा जुटेकाे छ र यी भेलाहरुमा प्रमुख आकर्षणकाे रुपमा पुर्वमुख्य सचिव पौडेल रहदै आएका छन् । माओवादी केन्द्रले विध्यार्थी, युवा र पार्टी गतिविधि एकैसाथ अघि बढाईरहेको छ र ती कार्यक्रमहरूमा पुर्व मुख्यसचिव पौडेलले प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै आएका छन्  ।

    images
    images
    images


    मुख्यत: पार्टी कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका एजेन्डाहरुबारे प्रशिक्षित गराउँदै सँघियता, समावेशिता, समानुपातिक प्रणाली लगायतका एजेन्डाले जनताका अधिकार स्थापित गरेको कुरालाई पौडेलले कार्यकर्तामाझ व्याख्या गर्दै आएका छन् ।


    पार्टी सँगठन निर्माणकाे अभियानमा मुख्यसचिव  भैसकेका पाका प्रशासक आफ्नो पार्टीमा खुलेपछि माओवादी केन्द्र गुल्मीका कार्यकर्ता उत्साहित देखिएका छन् ।


    काेभिड सँक्रमणकाे शुरुवाती दिनहरुमा गाउँपालिका भित्रका क्वारेन्टाइनहरुमा सँक्रमितहरुलाई उत्साह र उत्प्रेरणा भर्ने काम गर्दै आएका पौडेल लामाे समय देखि आफ्नाे पुर्ख्यौली थलाे रुरुक्षेत्र गाउँपालिकाकाे बम्घामा खेतबारीमा रमाउँदै आएका छन् ।


    गुल्मी जिल्लामा  ठुला साना हरेक विकास आयाेजना हरु भित्र्याउन प्रमुख भुमिका खेलेका पौडेल निश्कलंकीत प्रशासक हुन् ।


    बर्तमान राजनितीक तरलताका बिच गुल्मीको  माओवादि केन्द्रमा पौडेलकाे सकृयतालाई अर्थपुर्ण रुपमा हेरिएको छ । उनको सक्रियतासंगै  माओवादि केन्द्रले स्थानीय देखि प्रदेश हुँदै संघीय निर्वाचनमा माओवादीको पल्ला भारी हुने देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।