बुटवल । रुपन्देहीको बुटवलमा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस संचालनमा आएको छ । सन् २०२२ मा अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना गरेको क्लाउड एजेकेशनले शुक्रबार बुटवल-११ मिलनचोकमा छैठौँ शाखा संचालनमा ल्याएको हो ।
शाखाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले बैदेशिक रोजगारीकालागि विश्वनीय काम गर्न क्लाउडलाई आग्रह गरे । विभिन्न प्रलोभन देखाएर केही कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई अलपत्र पार्ने गरेको उल्लेख गर्दै उनले क्लाउडले त्यसलाई चिर्नुपर्ने बताए । रोजगारीका लागि ठुलो युवा शक्ति बैदेशिक रोजगारीमा जानु दुखद् विषय भएको उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेस रुपन्देही-१ का क्षेत्रीय सभापति हिराबहादुर खत्रीले युवाहरुको सक्रियतामा संचालनमा ल्याइएको क्लाउडले विश्वसनीयता कायम गर्दै सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसका सिड्नी प्रमुख सक्षम सुवेदीले दुबइ, पाकिस्तान, भारत र फिजिमा शाखा कार्यालयहरु रहेको बताउदै नेपालका काठमाडौमा केन्द्रीय कार्यालयसहित चितवन, इटहरी, बाग्लुङ र विर्तामोडमा शाखा संचालनमा रहेको जानकारी दिए । उनले अष्ट्रेलिया र युकेकालागि ९५ प्रतिशतबढी भिसा सदर दावी गर्दै अन्यदेशका लागि पनि क्लाउड सफल रहेको बताए ।
कार्यक्रममा बुटवल शाखा प्रमुख विजय गुरुङले अहिलेसम्म क्लाउडले तीन हजारबढी विद्यार्थीहरुलाई विश्वका विभिन्न देशहरुमा अध्ययनकालागि पठाएको बताए । उनले क्लाउडले बैदेशिक रोजगारीकालागि जाने युवा विद्यार्थीहरुलाई गुणस्तरीय र क्षमतावान बनाएरमात्र पठाउने गरेको दावी गरे ।
क्लाउडले अहिलेसम्म शाखा विस्तारका क्रममा तीन करोडबढी लगानी गरिसकेको र ५० बढी युवाहरुलाई विभिन्न शाखामा रोजगारी दिदै आएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology