काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिइएको छ।
कांग्रेसको सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिका संयोजक एवं सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतासँग भेट गरी उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएको जानकारी दिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ । कांग्रेसले उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेता-कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन आग्रह गरेको छ ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology