Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा भेट्दै : सुस्ता र कालिगण्डकी–तिनाउ डाइभर्सनबारे छलफल नहुने

लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा भेट्दै : सुस्ता र कालिगण्डकी–तिनाउ डाइभर्सनबारे छलफल नहुने

images
  • लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा भेट्दै : सुस्ता र कालिगण्डकी–तिनाउ डाइभर्सनबारे छलफल नहुने
    images

    बुटवल । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्री बुधवार लुम्बिनी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल पाल्पाको रानीमहलमा भेट गर्दैछन् । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका सुरेन्द्रराज पाण्डे विच हुने भेटमा दुई प्रदेश विचका अवसर र सम्भावनाबारे छलफल हुनेछ । 

    images
    images
    images

    लुम्बिनी प्रदेश मुख्यमन्त्री स्रोतका अनुसार दुई मुख्यमन्त्रीको भेटमा कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका  विषयमा छलफल हुनेछ । ‘अन्तर प्रदेश संघीयता सबलीकरण र प्रदेशसंग जोडिएका सडक र बजेट कार्यान्वनका विषयमा छलफल हुनेछ ।’ स्रोतले सेतोमसीसंग भन्यो, ‘मुख्यगरी दुई प्रदेशको कनेक्टिभिटी र साझा सरोकारको विषयमा छलफलले निचोड निकाल्ने छ ।’

    images
    images
    images

    तर, मुख्यमन्त्रीको भेटमा दुई प्रदेशका बीचमा रहेको विवादित विषय ले भने प्रवेश पाउनेछैन । गण्डकी प्रदेशले हाल लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई आफ्नो रहेको दावी गर्दै आएको छ । नवलपुरको यो गाउँपालिका गण्डकीमा नै हुनुपर्छ भनेर गण्डकी प्रदेशसभामा नेकपा एमालेले सरकार बाहिर रहँदा संकल्प प्रस्ताव समेत दर्ता गराएको थियो । यो विषय छलफलमा नउठ्ने श्रोतले जनायो ।

    images
    images

    यसबाहेक दुई प्रदेशको द्वन्द्व बढाउने अर्को आयोजना हो, ‘कालीगण्डकी–तिनाउँ डाइभर्सन’ आयोजना । सर्वोच्च अदालतले यो परियोजना अगाडि बढाउन बाटो खुला गरिदिइसकेको छ । संघीय सरकारको यो महत्त्वकांक्षी परियोजनामा कालीगण्डकी नदीको बहाव मोडेर तिनाउँमा झार्ने, उक्त पानीलाई जलविद्युत् र सिँचाइमा उपयोग गर्ने उद्देश्य छ । यस विषयमा दुवै प्रदेशका मुख्यमन्त्रीको बीचमा साझा बुझाइ भए कार्यान्वयनमा सहजता हुने देखिन्छ ।  यद्यपि यो विषयमा पनि मुख्यमन्त्रीहरुले छलफल गर्ने छैनन् ।  

    मुख्यमन्त्रीहरु विचको भेटमा दुवै प्रदेशका नीति तथा योजना आयोग प्रमुख, प्रदेश प्रमुख सचिव, केही मन्त्री र जनप्रतिनिधिहरुको समेत सहभागीता रहने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।