काठमाडौँ । सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारले नै ल्याएको अध्यादेशको विरोध गर्दै यथास्थितिमा समर्थन गर्न नसकिने बताएको छ । बुधवार पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने बताएका हुन् । उनकै दलका तर्फबाट शरदसिंह भण्डारी सरकारमा मन्त्री छन् ।
‘भूमि सम्बन्धि अध्यादेशको गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायत सम्पूर्ण रुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बन्ञित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ । त्यसैले यो अध्यादेश जनताको हित विपरित रहेको हाम्रो ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।
अन्य अध्यादेशकोबारेमा भने लोसपा केही पनि बोलेको छैन । लोसपाको प्रतिनिधिसभामा ४ जना र राष्ट्रिय सभामा एक जना सांसद छन् । यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि भूमि सम्बन्धि अध्यादेशको विपक्षीमा रहेको जानकारी गराइसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology