Logo

२०८३, आश्विन १०गते


images
images

आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै

आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै

images
  • आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै
    images
    images

    काठमाडौं । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

    images
    images
    images

    कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली जित निकाल्दै फाइल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

    images
    images
    images

    ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई हराउँदै अन्तिम चारमा पुगेको थियो भने थ्रीस्टार मछिन्द्रलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    यो खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार (फागुन ३ गते) हुनेछ ।

    यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।

    ३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।