Logo

२०८३, कार्तिक २९गते


images
images

मेसी बिनाको पहिलो खेलमै अर्जेन्टिना उरुग्वेसँग पराजित

मेसी बिनाको पहिलो खेलमै अर्जेन्टिना उरुग्वेसँग पराजित

images
  • मेसी बिनाको पहिलो खेलमै अर्जेन्टिना उरुग्वेसँग पराजित
    images

    काठमाडौं । कप्तान लियोनल मेसीबिनाको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–१ गोल अन्तरले पराजित भएको छ ।

    images
    images
    images

    शनिबार बिहान ब्युनस आयर्सस्थित ला बम्बोनेरा मैदानमा सम्पन्न खेलमा उरुग्वेले दोस्रो हाफमा दुई गोल गर्दै अर्जेन्टिनामाथि जित निकालेको हो ।

    images
    images
    images

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा अर्जेन्टिनाका डिफेन्डर लियोनार्दो बालेरडीबाट आत्मघाती गोल भएपछि उरुग्वेले अग्रता लिएको थियो ।

    images
    images

    त्यसको पाँच मिनेटपछि म्याक्सी अराउजोले गोल गर्दै उरुग्वेको अग्रता २–० बनाए । उनले कर्नरबाट आएको बललाई उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए । खेलको ७३औँ मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाका लागि एक गोल फर्काए। तर त्यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिना घरेलु मैदानमै पराजित भयो ।

    यस खेलमा लियोनल मेसी अर्जेन्टिनाको टोलीमा थिएनन् । उनको अनुपस्थितिमा अर्जेन्टिनाले खेलेको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थियो । यस जितसँगै उरुग्वेले परम्परागत दक्षिण अमेरिकी प्रतिद्वन्द्वितामा अर्जेन्टिनालाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कप्तान लियोनल मेसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।