Logo

२०८३, श्रावण ३०गते


images
images

कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश

कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश

images
  • कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
    images
    images

    राजेश पराजुली पोखरा । उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनले गर्ने भनेको कोटीहोम नरोक्न पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।

    images
    images
    images

    मानव सेवा फाउण्डेसनले कोटीहोममा महानगरले अवरोध गरेको भन्दै रिट निवेदन दिएको थियो । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने कारण सहित १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको हो ।

    images
    images
    images

    अधिवक्ताहरु ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए । फाउण्डेसनले महायज्ञका लागि नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको ४८ रोपनी जग्गा भाडामा लिएको छ । त्यसबाहेक वडा नम्बर ६ बाट कोटीहोमका लागि अनुमति दिइएको फाउण्डेसनको दाबी छ ।

    images
    images
    images

    तर महानगरपालिकाले वडाको स्वीकृति खारेज गरिदिएको छ । महायज्ञ सञ्चालनका लागि आवश्यक तयारीका चरण पूरा भइरहेकोले अनुमति रद्द गर्ने महानगरको पत्राचार कानुन विपरीत भएको दाबी फाउण्डेसनको छ ।

    महानगरले ट्रष्टको कार्यालयलाई कार्यक्रमका लागि अनुमति दिँदा महानगरसँग पनि सहकार्य हुनुपर्ने भन्दै राजश्व फिर्ता गरेर अनुमति रद्द गर्न आग्रह पत्र पठाएको थियो । ट्रष्टले अनुमति रद्द गर्ने कानुनी आधार नभएको पत्र महानगरलाई पठाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।