Logo

२०८३, श्रावण ३०गते


images
images

विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गर्छौ : एमाले महासचिव पोखरेल

विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गर्छौ : एमाले महासचिव पोखरेल

images
  • विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गर्छौ : एमाले महासचिव पोखरेल
    images
    images

    काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् । शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images


    महासचिव पोखरेलले अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसाबले ल्याएको बताए । उनले अध्यादेशको विरोध भयो भनेर कोशिस असफल नहुने बताए । ‘दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएका हुन् । त्यसलाई पारित गर्ने अनेक विकल्पहरु रहेका छन् ।’

    images
    images
    images


    विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने उनले बताए । अध्यादेश आफैँमा कानून भएको बताउँदै कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्नेका लागि मात्रै नियमावली आवश्यक हुने उल्लेख गरे । महासचिव पोखरेलले सरकारले आइसिटीबाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।