Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

राष्‍ट्रपति पौडेलबाट निर्वाचनसम्बन्धि अध्यादेश जारी

राष्‍ट्रपति पौडेलबाट निर्वाचनसम्बन्धि अध्यादेश जारी

images
  • राष्‍ट्रपति पौडेलबाट निर्वाचनसम्बन्धि अध्यादेश जारी
    images
    images

    काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धि अध्यादेश जारी गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    सरकारले २०७८ को जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो ।  

    images
    images
    images

    निर्वाचन ऐन २०७४ अनुसूची—१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने भएकाले निर्वाचन आयोगले सरकार समक्ष कानुन संशोधन गर्न माग गरेको थियो । 

    यो अध्यादेश जारी भएसँगै अब फागुन २१ हुने प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसंख्याका आधारमा  समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नेपर्ने छ । बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिमसमेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम तयार गर्नुपर्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।