Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय सभाले ज्ञानेन्द्र शाहीविरुद्ध पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति

राष्ट्रिय सभाले ज्ञानेन्द्र शाहीविरुद्ध पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति

images
  • राष्ट्रिय सभाले ज्ञानेन्द्र शाहीविरुद्ध पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति
    images
    images

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

    images
    images
    images

    मंगलवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पन्तले संविधानले दुई सदनको संसदीय प्रणाली अवलम्बन गरेको स्मरण गरे । यी दुई सदनका बीचमा द्वन्द्व बढाउने काम कसैबाट हुन नहुने उनको आग्रह छ । 

    images
    images
    images

    ‘यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ,’ पन्तले भने, ‘हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैंमा दुःखद हो ।’

    images
    images
    images

    राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर सोमवार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।

    यसप्रति एमाले सांसद पन्तले आपत्ति जनाएका हुन् । यस्तो द्वन्द्व बढ्दै गए दुइवटा सदनको बीचमै द्वन्द्व उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उनले दोर्होयाए । तथापि, शाहीको अभिव्यक्ति पनि उचित नरहेको पन्तले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।