Logo

२०८३, आश्विन १७गते


images
images

सरकारको आलोचना गर्दै ज्ञानेन्द्र शाहीले भने- तपाईँहरूलाई सत्ताको सिँढी चढाउन मात्र जेनजी मरेका होइनन्

सरकारको आलोचना गर्दै ज्ञानेन्द्र शाहीले भने- तपाईँहरूलाई सत्ताको सिँढी चढाउन मात्र जेनजी मरेका होइनन्

images
  • सरकारको आलोचना गर्दै ज्ञानेन्द्र शाहीले भने- तपाईँहरूलाई सत्ताको सिँढी चढाउन मात्र जेनजी मरेका होइनन्
    images
    images

    काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्दै ७६ जना शहिदले तपाईहरुलाई सत्तामा पुर्याउन ज्यान नदिएको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार, प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले सरकार बनेको ६ महिनासम्म पनि जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै सरकारको आलोचना गरेका हुन् । 

    images
    images
    images

    उनले भने- 'आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले, प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएर हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? त्यो ७६ जना मान्छे जो मरे, तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन् ।’

    images
    images
    images

    उनले सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार काम गर्न नसकेको भन्दै अर्को अधिवेशनसम्म जेनजी आन्दोलनका दोषी जेलमा भएको हुनुपर्ने बताए ।

    जेनजी आन्दोलनका क्रममा संसद भवन जलाउने सिंहदरबार जलाउने र निजी सम्पत्ति जलाउनेलाई अहिलेसम्म कारवाही नगरेको भन्दै उनले हिजोको सरकार र अहिलेको सरकारमा के फरक भयो भन्दै प्रश्न गरेका थिए ।

    उनले भने- 'राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारबाही गर भनेर प्रतिवेदन बुझाएको ६ महिना भयो, तपाईँहरूले एउटा अनुसन्धानको अ पनि गर्नुभएको छैन। अनि तपाईँ र हिजोको सरकारका बीचमा फरक के भयो त? त्यसैले काम गर्नुस्।’

    सांसद शाहीले अहिलेसम्म एउटा भ्रष्टचारको प्रकरण पनि अदालतमा नलगेको आरोप लगाउदै वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन प्रकरण, गिरीबन्ध टी स्टेट, भुटानी शरणार्थी, क्यान्टोन्मेन्ट घोटालालगायत भ्रष्टाचारका काण्डको पनि छानबिन किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

    स्वास्थ्य बीमालाई धारासायी बनाएको भन्दै सांसद शाहीले गरिब दुखीले पाउदै आएको सुबिधा खोसिदा उनीहरुले उपचार गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले सहकारी ठगिमा जीबी राईलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै १-२ लाख फिर्ता गरे भनेर प्रचार गर्दैमा यो समस्या समाधान नहुने बताए । विपक्षका कुरा सुन्न आग्रह गर्दै उनले सत्ता अस्थायी हुने र उदाहरणको लागि केपी ओली नेतृत्वको पहिलाको सरकारलाई हेर्न आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।