Logo

२०८३, कार्तिक २८गते


images
images

कुम्भ मेला दुर्घटना

कुम्भ मेला दुर्घटना : शोकमा डुब्यो देवदह, घाइतेको देवदह र बुटवलमा उपचार हुँदै, आज भलुही बजार बन्द

कुम्भ मेला दुर्घटना : शोकमा डुब्यो देवदह, घाइतेको देवदह र बुटवलमा उपचार हुँदै, आज भलुही बजार बन्द

images
  • कुम्भ मेला दुर्घटना : शोकमा डुब्यो देवदह, घाइतेको देवदह र बुटवलमा उपचार हुँदै, आज भलुही बजार बन्द
    images

    देवदह । रुपन्देहीको देवदहबाट कुम्भ मेला स्नान गर्न भारत गएका तिर्थालु सवार गाडी दुर्घटनाका घाइतेलाई गोरखापुरको अस्पतालबाट नेपाल ल्याई उपचार सुरु गरिएको छ । भारतीय एम्बुलेन्समा नेपाल ल्याइएका घाइतेहरुको भलुहीस्थित देवदह मेडिकल कलेज र बुटवलको मर्सी सिटी अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । 

    images
    images
    images

    सोमवार साँझ ७:३० मा नेपाल ल्याइएका घाइतेहरु मध्ये आविस्कार पराजुली र यमकला मगरको भलुहीको देवदह मेडिकल कलेज र कोपिला पोखरेल र सुभम पोखरेलको बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचार भइरहेको छ । 

    images
    images
    images

    दुर्घटनामा घाइते भएका आविस्कार पराजुलीको हात, खुट्टा र करंगमा चोट लागेको छ भने यमकला मगरको दुईवटा खुट्टामा चोट रहेको देवदह मेडिकल कलेजले जनाएको छ । घाइते कोपिला पोखरेलको गर्धनमा चोट लागेको छ भने सुभम पोखरेललाई कुनैपनि चोट पटक नलागेको परिवारस्रोतले सेतोमसीलाई जानकारी दिएको छ ।  
     
    त्यसैगरी घटनामा मृत्यु भएकाहरुको शव गएराती १ बजे नेपाल ल्याइएको छ । मृतकमध्ये गणेश खनाल र दिपा खनालको शव दाहसंस्कारको लागि त्रिवेणी लगिएको छ भने गीता शर्मा पौडेलको छोरा अध्ययनको क्रममा अष्ट्रेलियामा रहेकोले छोरा आएपछि अन्तिम संस्कारको प्रक्रिया अघि  बढ्ने देवदह-९ का पुर्व वडाअध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

    images
    images

    शोंकमा डुब्यो देवदह 

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएपछि देवदह शोंकमा डुबेको छ । देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले शोंक वक्तव्य जारी गर्दै दुर्घटनाले देवदहवासी शोंकमा डुबेको बताएका छन् । 

    त्यसैगरी शोंकमा मंगलवार देवदहको भलुही बजार बन्द गरिएको छ । भलुही बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकी गीता शर्मा पौडेल तथा व्यवसायी खनाल दम्पतीको निधन भएको शोंकमा बजार बन्द आह्वान गरिएको समितिले जनाएको छ । 
     
    भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी सोमबार बिहान ४ बजे भारतको सलेम्पुरको आजमगढमा दुर्घटना भएको थियो । कुम्भमेलाबाट फर्किदै गर्दा उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो ।   

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुम्भ मेला दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।