काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी डिफेन्डर निशा थोकरले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका बाँकी खेलहरू गुमाउने भएकी छन् । सोमवार कीर्गिस्तानविरूद्धको खेलमा घाइते भएकी उनले बाँकी खेल गुमाउने सम्भावना बढेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएका खेलमा विपक्षी खेलाडीसँग ठोक्किँदा उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि उनलाई नजिकैको ब्लु क्रस हस्पिटलमा लगेर उपचार गरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहका अनुसार निशाको सोमवारै उपचारपछि डिस्चार्ज भएको थियो । ‘उनको टाउकोमा चोट लागेकाले टाँका लगाइएको छ । चिकित्सकले उक्त टाँका नखोलुन्जेल खेल्न नमिल्ने बताउनुभएको छ । उनले भने, ‘हाल निशा रेस्टमा छिन् ।’
एन्फाले यसबारे आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो । अब नेपालले बिहीवार लेबनानसँग दोस्रो खेल खेल्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology