देवदह । देवदहमा दर्ता कार्यालय रहेको डिजिटल पत्रिका सेतोमसी डट कमको कार्यालय उद्घाटन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधवार देवदह नगरपालिका प्रमुख ध्रुवपसाद खरेलले सेतोमसीको कार्यालय र स्टुडियो उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले सञ्चार माध्यमको खबरदारीले सरकारी निकायलाई सही निर्णय लिन मदत पु¥याउँदै आएको बताए । आफु नगर नेतृत्वमा आएदेखि मिडियाका सुझाब लिंदै र सहकार्य गर्दै आएको बताएका नगरप्रमुख खरेलले मिडियाको काम समाचार लेख्ने मात्र नभई समसामयिक विषयमा छलफल चलाउने र पैरवी गर्नेसमेत भएको उल्लेख गरे । उनले सेतोमसीले जिम्मेवार ढंगले पत्रकारिता गरिरहेको विचार समेत व्यक्त गरे ।
वि.सं. २०७७ सालमा स्थापना भएको सेतोमसी डटकमले हाल बुटवल, पोखरा र काठमाडौंमा समेत सम्पर्क कार्यालय सञ्चालन गरि समाचार सङ्कलन तथा प्रकाशन, प्रसारण गर्दै आएको छ । हाल सेतोमसीमा सम्पादक, कार्यकारी सम्पादक, कार्यक्रम प्रमुख, समाचार प्रमुख र बजार प्रमुखसहित पाँच जना पूर्णकालीन सञ्चारकर्मी कार्यरत छन । पूर्णकालिन र अल्पकालीन गरि २५ जना पत्रकार आवद्ध अनलाइन पत्रिकाले विभिन्न विषयमा १३ वटा नियमित स्तम्भसमेत प्रकाशन गर्दै आएको छ ।
‘विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता’ भन्ने मूल नारा सहित संचालित सेतोमसी अनलाइन टेलिभिजनसमेत संचालनको तयारी गरिरहेको सेतोमसी मिडिया नेटवर्कका अध्यक्ष समेत रहेका पत्रिकाका सम्पादक विष्णु पोखरेलले जानकारी दिए ।
पत्रिकाकाको कार्यालय उद्घाटन कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, देवदह–१ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं ३ का अध्यक्ष यज्ञप्रसाद अर्याल, वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारी, राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
पत्रिकाका कार्यकारी सम्पादक पवन पौडेलको संचालन रहेको कार्यक्रममा सेतोमसीका कार्यक्रम प्रमुख रेशम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology