Logo

२०८३, आश्विन ९गते


images
images

देवदह इङ्लिस बोर्डिङ स्कुलले मनायो २९औं वार्षिकोत्सव तथा अभिभावक दिवस

देवदह इङ्लिस बोर्डिङ स्कुलले मनायो २९औं वार्षिकोत्सव तथा अभिभावक दिवस

images
  • देवदह इङ्लिस बोर्डिङ स्कुलले मनायो २९औं वार्षिकोत्सव तथा अभिभावक दिवस
    images
    images

    देवदह । देवदह इङ्लिस बोर्डिङ स्कुल देवदह–७ को २९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शुक्रवार सम्पन्न भएको छ । विद्यालयका प्रबन्ध निर्देशक सुजता लामिछानेको अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेको प्रमुख आतिथ्य कार्यक्रम भएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख बञ्जाडेले जिल्लाका संस्थागत वा सामुदायिक विद्यालयहरू शिक्षाको हकमा गर्व गर्न लायक भएको बताए । रुपन्देही शैक्षिक हव बन्ने लक्ष्यमा अगाडि बढिरहेको बताए  । समारोहलाई सम्बोधन गर्दै बञ्जाडेले देवदह इङ्लिस बोर्डिङ स्कुलले शिक्षण सिकाइ क्रियाकलाप र नतिजा मात्र नभई रचनात्मक गतिविधि तथा विभिन्न क्षेत्रमा समेत उल्लेखनीय योगदान गरिरहेको धारणा व्यक्त गरे । 

    images
    images
    images

    सोहि अवसरमा नेपाल सरकारका पुर्व उप–सचिव तथा अभिभावक प्रशिक्षण सहजकर्ता दिपेन्द्र ढकाल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, अक्स्फोर्ड इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य दिनेश भुषाल, देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, इप्सा रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङ, माहामाया भवानी मा।विका प्रधानाध्यापक ऋषिश्वर अर्याल, विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेल, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरी भण्डारी, अभिभावकको तर्फबाट कमल थापा, विद्यार्थीको तर्फबाट जिबिका बस्याल लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।

    images
    images
    images

    कार्यक्रमको अवसरमा शिक्षक, कर्मचारी, अभिभावक र उत्कृष्ट विद्यार्थीरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विज्ञान प्रदर्शनी तथा आफ्नो प्रतिभा प्रस्फुटन समेत गरेका थिए । विद्यालयका कार्यवाहक प्रिन्सिपल मन बहादुर क्षेत्री र सहायक प्रिन्सिपल विष्णु अर्यालको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।