Logo

२०८३, कार्तिक २८गते


images
images

सुडानमा सैन्य जहाज दुर्घटना हुँदा ४६ को मृत्यु

सुडानमा सैन्य जहाज दुर्घटना हुँदा ४६ को मृत्यु

images
  • सुडानमा सैन्य जहाज दुर्घटना हुँदा ४६ को मृत्यु
    images

    काठमाडौँ ।  सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जानकारी दिएअनुसार घटनामा कम्तीमा १० जना घाइते भएका छन्।

    images
    images
    images

    राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मङ्‌गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो।

    images
    images

    सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाल ‘उडान भर्नेक्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जानकारी दिएको छ।

    समाचार एजेन्सीका अनुसार प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको जानकारी दिएका छन्।

    समाचार एजेन्सी एएफपीलाई सैन्य स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार प्राविधिक खराबीले दुर्घटना निम्त्याएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जहाज दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।