Logo

२०८३, श्रावण २७गते


images
images

वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक : उपराष्ट्रपति

वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक : उपराष्ट्रपति

images
  • वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक : उपराष्ट्रपति
    images
    images

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    मंगलवार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेको बताए । उनले वन क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो विकास व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी रहेको उल्लेख गरे ।

    images
    images
    images

    वन सम्बन्धी नीतिगत सुधार, नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि, सुनिश्चित गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए । हरियो वन नेपालको धन भनेर चिनिएको नेपालको ठूलो प्राकृतिक श्रोत वन भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक रहेको उनले बताए । नेपालको कुल जमिनको ४६ प्रतिशत भुभाग ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप बिस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्न जरुरी रहेको उनको भनाई छ ।

    images
    images
    images

    उपराष्ट्रपति यादवले पछिल्लो समय तराई÷मधेसमा पानीको सतह निकै तल गएको, पानीको श्रोतहरु सुक्दै जानु चिन्ताजनक अवस्था रहेको बताउँदै उक्त क्षेत्र मरुभूमिकरण हुने अवस्थामा पुग्न समय नलाग्ने जिकिर गरे ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।