काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणअन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडविरुद्ध २-१ को जित निकालेको छ। त्यस्तै, आर्सनल र एस्टन भिल्लाले आ-आफ्नो खेलमा फराकिलो जित निकाले।
आफ्नो घरेलु मैदानमा साँघुरो जित निकालेको रियलले दोस्रो लेग एट्लेटिकोको मैदानमा हुनेछ। रियलको जितमा रोड्रिगोले चौंथो मिनेटमा गोल गर्दा ब्राहिम डियाजले ५५ औं मिनेटमा गरेका थिए। एट्लेटिकोका लागि अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले ३२ औं मिनेटमा एक गोल फर्काएका थिए।
त्यस्तै अर्को खेलमा आर्सनलले पिएसभीमाथि गोल वर्षा गर्दै पहिलो लेगबाटै क्वाटरफाइनल यात्रा लगभग निश्चित गर्यो। आर्सलनलले ७-१ को जित निकाल्यो।
त्यस्तै, अर्को खेलमा एस्टन भिल्लाले क्लब बर्गलाई ३-१ ले हराउँदा डर्टमुन्ड र लिलेले समान १-१ गोल गरे। च्याम्पियन्स लेगमा आजपनि चार खेल हुनेछन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology